Aadarsh-Daily

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

ad-4p

पर्साको पोखरिया नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरू महिनौँदेखि तलब नपाउँदा आर्थिक समस्यामा परेका छन्। दशैंमा समेत पारिश्रमिक नपाएका उनीहरू दीपावली र छठ पर्वमा पनि तलब पाउनेमा ढुक्क छैनन्।

content ad p2

नगरपालिकाका स्थायी कर्मचारीको तीनदेखि चार महिनाको, शिक्षकहरूको त्रैमासिक र करार कर्मचारीको एक वर्षसम्मको तलब बाँकी रहेको बताइएको छ।

content left

तलबकै माग गर्दै दशैंअघि सफाइकर्मीहरूले दुईपटक काम बन्द गरेर आन्दोलन गरेका थिए। नगरपालिकाको आश्वासनपछि काममा फर्किए पनि उनीहरूले अझै पारिश्रमिक पाउन सकेका छैनन्।

नगरप्रमुख प्रद्युम्न चौहानले नगरसभा सम्पन्न हुन नसक्दा तलब भुक्तानी रोकिएको बताएका छन्। नगरसभा गर्ने तयारी भए पनि मिति भने तय भइसकेको छैन।

यसैबीच, नगरपालिकामा कार्यरत कर्मचारीहरूको वास्तविक सङ्ख्याबारे समेत प्रश्न उठेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी विवरण माग गरेको बताइएको छ।

लामो समयदेखि रोकिएको तलब तत्काल उपलब्ध गराउन कर्मचारीहरूले माग गरेका छन्।

सम्बन्धित खबर

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

Aadarsh Daily