Aadarsh-Daily

जिराभवानीले ल्यायो ३६ करोड ४० लाख रुपैयाँ बराबरको बजेट

ad-4p

पर्साको जिराभवानी गाउँपालिकाको १० औं गाउँसभा बुधबार सम्पन्न भएको छ ।

content ad p2

गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा भएको गाउँ सभामा अगामी आर्थिक बर्ष २०७९/०८० को रु ३६ करोड ३९ लाख २२ हजार बराबरको निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष रेखा चाैधरीले व्यय तर्फः कुल विनियोजन मध्ये गाउँपालिकाकाे चालु खर्च ८ करोड ७० लाख ८५ हजार, पूँजीगत खर्च ११ करोड ५७ लाख ३७ हजार, सशर्त तर्फको चालु खर्च ११ करोड २९ लाख र शसर्त पुँजिगत तर्फ ४ करोड ८२ लाख विनियोजन गरिएकाे बताइन ।
उनले आय तर्फ अगामी आर्थिक बर्ष २०७९/०८० का लागि अनुमान गरिएको खर्च श्रोत व्यवस्थापन गर्न संघिय तथा प्रदेश सरकारको वितिय समानिकरण अनुदानबाट ११ करोड ३० लाख ३४ हजार, सशर्त तर्फ संघिय तथा प्रदेश अनुदान १३ करोड ११ लाख, संघीय तथा प्रदेशको समपुरक तथा विशेष अनुदान ३ करोड, संघीय तथा प्रदेश सरकारको राजश्व बाँडफाँडवाट ८ करोड  ८५  हजार मात्र र नपुग हुने रकम १ करोड आन्तरीक श्रोतबाट आय हुने अनुमान गरेको बताइन ।

गाउँपालिका अध्यक्ष अनुज चौधरीले नीति तथा कार्यक्रम जनमुखी बनाउने प्रतिबद्धता जनाए । उनले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको बताए ।
उनले १ वडा १ एम्बुलेन्स को ब्यवस्था गरीने तथा प्रत्येक वडामा बर्थीङ्ग सेन्टर स्थापना गर्ने र सुत्केरी गराउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बताए ।

content left

प्रस्तुत बजेटमा गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण कार्यको लागि ३ करोड, वडा स्तरीय योजना सञ्चालन तथा कार्यान्वयनका लागि २ करोड, गाउँपालिका स्तरीय योजना सञ्चालन तथा कार्यान्वयनका लागि २ करोड २५ लाख, गाउँपालिकाका भरि रहेको विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार, पूर्वाधार निर्माण, शैक्षिक समाग्री खरिद अनुदानको लागि १ करोड विनियोजन गरिएकाे छ ।

यसैगरी कृषि विकास कार्यक्रमको लागि १ करोड, महिला, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिक, पिछडीएको क्षेत्र, दलित, माहादलित, मुस्लिम समुदाय लगायतको जिवनस्तर उकास्नको लागि लक्षित वर्ग कार्यक्रम सञ्चालन गर्न ८० लाख विनियोजन गरिएकाे छ ।

प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले गाउँपालिकाले लिएको समृद्ध गाउँपालिकाको लक्ष्य पूरा गर्न कर्मचारी र जनप्रतिनिधि बिचको समन्वय जरुरी रहेको बताए ।

उनले किसानहरुको लागि निशुल्क बिधुति मिटर जडान गरी बार्षिक १०० यूनिट बिधुत निशुल्क प्रदान गरिने र भाषा, धर्म सँस्कृती तथा थारु कला संरक्षण एवम् समर्धनका लागी पनि आवश्यक बजेट विनियोजन गरिएकाे बताए ।

गाउँसभाको उद्घाटन प्रदेशसभा सदस्य शंकर चौधरीले गरेका थिए । प्रमुख अतिथी समेत रहेका प्रदेश सभा सदस्य चौधरीले चुनाव जितेपछी जनप्रतिनिधि सबै जनताको प्रतिनिधि भएकाे बताए । उनले गाउँपालिकाले लिएको लक्ष्य पूरा गर्न र बजेट फ्रिज हुन नदिने गरि काम गर्न पनि जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह समेत गरे ।

वडा नम्बर ३ स्थित जितपुरमा रहेको बरात भवनमा भएको गाउँ सभामा वडाध्यक्षहरु रामशरण ख्वास थारु, महादेव महतो थारु, सुरुज राय थारू, राजेश्वर महतो थारु, दारा सिंह, लेखा शखा प्रमुख मुकेश मिश्र, गाउँ सभा सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य सरोज चाैरसियाले गरेका थिए ।

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily