Aadarsh-Daily

अख्तियारको प्रहरी निरीक्षक हु भन्ने ३ जना नक्कली प्रहरी पक्राउ

ad-4p
content left

वीरगंज-आफुलाई अख्तियारको प्रहरी निरीक्षक बताउने दुईजना नक्कली प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीका जलेश्वर नगरपालिका वडा नम्बर १२ बस्ने ३० बर्षीय रबि ठाकुर , लोहारपट्टी नगरपालिका वडा नम्बर ६ बस्ने २९ बर्षीय प्रभास झा र २८ बर्षिय हामित राईन रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जलेश्वरबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुए शाहीको कमाण्डमा प्रहरी चौकी नैन्हीबाट प्रहरी साहयक निरीक्षक नारायण यादवसहितका खटिएको प्रहरीको टोलीले तिनै जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक शाहीका अनुसार पक्राउ परेका रबी ठाकुरले आफु अख्तियारको प्रहरी निरीक्षक रहेको बताउदै सिमावर्ती ईलाकामा धाकधम्की देखाएर अबैद्ध पैसा असुल्ने गरेका थिए । त्यही क्रममा बिहिबार धाकधमकी देखाएर ५ हजार ८ सय भारतीय र नेपालि १० रुपैया लिएको भन्दै स्थानीयले हिजो बिहिबार सशस्त्र प्रहरीलाई खबर गरेका थिए । खबर पाए पश्चात सस्शस्त्र प्रहरी निरीक्षक साहिको कमाण्डमा गएको प्रहरीको टोलीले ठाकुरलाई रङ्गे हात पक्राउ गरेको थियो ।
पक्राउ परेका रबि ठाकुरलाई प्रहरी चौकी नैन्हीमा लगेर सोधपूछ गर्दा अन्य दुईजना २९ बर्षीय प्रभास झा र २८ बर्षिय हामित राईन उनको वयानको आधारमा पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक शाहीले जानकारी गराउनुभयो ।
पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले बताउनुभयो ।

content ad p2

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily