
वीरगंज, साउन ७
नेकपा एमाले पकहाँमैनपुर गाउँपालिका कमिटीको बैठक आज सुर्याहामा सम्पन्न भएको छ।गाउँपालिका कमिटीको अध्यक्ष अकलेश कुमार साहको अध्यक्षता र केन्द्रीय सदस्य एवम् पर्सा ईनचार्ज प्रभु हाजराको प्रमुख अतिथ्यामा बैठक सम्पन्न भएको हो । बैठकले साउन २८ गते गाउँपालिका कमिटीको अधिबेशन गर्ने, संगठन बिस्तार गर्ने, सदस्यता नविकरण गर्ने,पार्टी प्रवेश गर्ने जस्ता निणर्य भएको गाउँपालिका कमिटीका अध्यक्ष साहले बताए ।


बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पर्सा सह–ईनचार्ज राजकुमार गुप्ता, पर्सा अध्यक्ष एवम् सबिधान सभाका सदस्य जयप्रकाश थारु, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, जिल्ला कमिटी सदस्य बिकास पान्डे, लगायतको उपस्थिती थियो

