Aadarsh-Daily

राष्ट्रिय भूमि आयोग पर्साद्वारा जनप्रतिनिधीलाई अभिमुखीकरण

ad-4p

वीरगञ्ज ७ साउन ।  पर्साको बहुदरमाई नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साले बहुदरमाई नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले सक्रियता बढाएको हो ।

content ad p2
content left

भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले प्रशिक्षण दिएका थिए ।

सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि सेवा केन्द्र सहजीकरण समिति गठन गर्ने र नगरपालिकामा सेवा केन्द्रको स्थापना पनि निर्णय भएको आयोग पर्साका अध्यक्ष अहमदले बताए । उनकाअनुसार बाँकी रहेको सूचना तथा तथ्यांक संकलनका लागि केन्द्रीय आयोगलाई सिफारिस गर्ने पनि निर्णय गरिएको छ ।

सम्बन्धित खबर

घटस्थापनामा गहवामाई मन्दिरमा भक्तजनको घुइँचो, वीरगंजमा दसैँको रौनक

Aadarsh Daily

उच्च पदस्थको सम्पत्ति छानबिन र भदौ २३–२४ घटनामा अध्ययन समिति गठन

Aadarsh Daily

कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा सुरु

Aadarsh Daily