Aadarsh-Daily

वीरगञ्जमा निःशूल्क घुम्ती शिविर सम्पन्न, २ सय १२ जनाको स्वास्थ्य परीक्षण

ad-4p

वीरगञ्ज, साउन ।  वीरगञ्जमा सोमवार निःशूल्क स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले विभिन्न संघ संस्थाको सहकार्यमा घुम्ती शिविरको आयोजना गरेको हो ।

content ad p2
content left

प्रभु हस्पिटल वीरगञ्ज, वीरगञ्ज सामुदायिक आँखा अस्पताल, रुंगटा वैलफेयर सोसाइटी वीरगञ्जसहितको सहकार्यमा सम्पन्न शिविरमा २ सय १२ जनाले स्वास्थ्य परीक्षण गराएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

कार्यक्रममा वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले आँखा परीक्षण गरेका थिए । फिजिसियन डा. रविरञ्जन साहले शिविरमा सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोख्रेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

चोलेन्द्र जबरा पक्राउ नभएको प्रहरीको दाबी

Aadarsh Daily