
स्थानीय चुनावपछि अब हुने संघ र प्रदेश चुनावमा नेताहरू आ–आफ्नो चुनावी क्षेत्र सुरक्षित गर्न थालेका छन् । कतिपय नेताहरूले उम्मेदवारीसमेत घोषणा गरिसकेका छन् भने पार्टीका ठूला नेताहरू पनि आ–आफ्नो चुनावी क्षेत्र सुरक्षित बनाउन आन्तरिक कसरत सुरु गरेका छन् ।

यसैबीच धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा चुनाव जितेका राजेन्द्र महतोले अगामी चुनाव सप्तरीबाट लड्ने सोच बनाएका छन् । मधेश आन्दोनको केन्द्र रहेको र गजेन्द्र नारायण सिहंको विरासत समाल्दै आएका महतोले सप्तरीबाट निर्वाचन लड्ने तयारी गरेका छन । मधेश आन्दोलनका क्रममा सप्तरीबाट धेरे नै नेताहरु जेपी गुप्ता , सिके राउत ,ज्वाला सिंहले आफ्नो नेतृत्व त्यहीबाट प्राप्त गरेका हुन । सप्तरी उपेन्द्र यादवको निर्वाचन क्षेत्र भएता पनि पछिल्लो समयमा आएर यादवले मधेसवाद प्रती इमानदार नभएको र निर्वाचन क्षेत्र निकै कमजोर भएकाले उनको त्यहाँ पकड खक्सिदै गएकोले सप्तरीबाट चुनाव लड्न सहज हुने महतो समुहको आकंलन छ ।
यसैगरी धनुषा क्षेत्र नं ३ बाट काँग्रेस नेता विमलेन्द्र निधि लड्ने भएका कारण लोसपाका कार्यकारिणी सदस्य समेत रहेका महतो सकभर धनुषाबाट चुनाव नलडुन् भन्ने काँग्रेसका नेता निधि पनि चाहन्छन् किनकी काँग्रेसका सभापति शेरबहादुर देउवासँग निधिको राम्रो सम्बन्ध छैन । यदि महतो सप्तरीबाट चुुनाव लडे निधिले आन्तरीक रुपमा सहयोग गर्ने अनुमान रहेको छ । गत चुनावमा माओवादी र एमाले, दुवैले दलले महतोलाई साथ दिएका थिए तर यसपटक भने एमालेले मात्र सहयोग गर्ने सम्भावना रहेको महतो स्रोतले जनाएको छ । सप्तरीबाट यादव र महतोमा कसले मार्ला बाजी ?

