Aadarsh-Daily

शनिबार परेको भारी वर्षाले वीरगञ्ज जलमग्न, वर्षामा पनि नाला सफाइमा जुटे महानगरका कर्मचारी

ad-4p

वीरगञ्ज १५ साउन । शनिबार अपरान्ह परेको भारी वर्षाले वीरगञ्ज जलमग्न बन्यो । वीरगञ्जको श्रीपुर, घण्टाघर, माइस्थान, आदर्शनगर लगायत मुख्य बजारक्षेत्रका साथै अन्य स्थान पनि जलमग्न भयो । पानी टंकी, रानीघाट, श्रीपुर क्षेत्रका सडकमा सवारी साधन हिँड्नै मुस्किल हुने गरी पानी जम्यो ।
भएका नालाबाट पानी सहज निकास हुन नसक्दा वर्षाका बेला हरेक वर्ष वीरगञ्जमा यो समस्या दोहोरिरहेको छ । शनिबार वीरगञ्जमा यस वर्षकै बढी पानी परेको थियो । हल्का पानी पर्दा त विगतमा डुबान हुने गरेकोमा भारी वर्षा पछि डुबान नहुने कुरै थिएन ।
अव्यवस्थित शहरीकरण, अवैज्ञानीक रुपमा निर्माण गरिएका सडक, नाला तथा संरचनाले गर्दा नगरवासीले डुबानको समस्या झेलिरहनु परेको छ । यतिमात्रै नभई जथाभावी फालिएका प्लाष्टिकका झोला तथा फोहोरका कारण पनि भएका नाला जाम हुँदा पानी निकास हुन नसक्दा डुबानको समस्या देखिएको छ ।
बाहिर झमझम पानी परिरहँदा महानगरका सफाई कर्मचारी भने वीरगञ्ज डुबान हुन नदिन विभिन्न ठाउँमा पुगेर नालामा अड्कीएका प्लाष्टिक तथा फोहोर निकाल्न खटिएको देखिएको थिए ।
जथाभावि फालिएका प्लाष्टिक र फोहोर नालामा अड्कीँदा पानी निकास बन्द भई नगर क्षेत्र जलमग्न हुन पुगेको महानगर सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँ बताउँछन् ।

content ad p2

कार्यक्रमका लागि पोखरा भएका मेयर राजेशमान सिंहले नगरवासीले डुबानको समस्या भोग्न नपरोस भनेर निर्देशन भएकाले आफूहरु पानीमा भिज्दै भए पनि नाला सफाइमा जुटेको उनको भनाई थियो ।

content left

महानगरपालिकाले यस वर्ष वर्षौँदेखि सफाई नभएका मुख्य नालाहरुको पनि सफाई गरेको थियो । वर्षायाममा डुबानबाट बचाउन नाला सफाईलाई प्राथमिकता दिएर काम गरिरहेको महानगरले २० प्रतिशत मात्रै सफाई भ्याएको थियो ।
वर्षातको समयमा जथाभावी फालिएका प्लाष्टिक र फोहोर नालामा गएर अड्किने हुँदा पानी निकास हुन नसकी डुबान भएको भन्दै जथाभावी फोहोर नफाल्न महानगरले आग्रह गरेको छ ।

यस्तै प्लाष्टिक तथा प्लाष्टिक जन्य सामान निश्चित स्थानमा मात्रै राख्न र जथाभावी नफालि सहयोग गर्न महानगरले आग्रह गरेको हो । फोहोर व्यवस्थापन र नाला सफाईमा नगरवासीकै दरिलो साथ चाहिने मेयर राजेशमान सिंह बताउँछन् ।

शनिबार पनि मेयरकै निर्देशनमा सफाई कर्मचारी डोजर लिएर विभिन्न स्थानमा जाम भएका नाला सफाई गर्दै हिँडेका थिए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily