Aadarsh-Daily

खेल अगावै भारतलाई सिरिज

ad-4p

वेस्टइन्डिज भ्रमणमा रहेको भारतले ५ खेलको टी-२० सिरिज १ खेल अगावै जितेको छ। शनिबार राति भएको चौंथो टी-२० मा भारतले ५९ रनको जित निकाल्दै सिरिज ३-१ ले कब्जा गर्‍यो।

content ad p2
content left

टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो। जवाफमा वेस्टइन्डिज १ सय ३२ रनमानै समेटियो। भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाउँदा रोहित शर्माले ३३ रन बनाए। त्यस्तै सूर्यकुमार यादवले २४ रन बनाउँदा दिपक हुड्डाले २१ रन बनाए। त्यस्तै सन्जु स्यामसन ३० रनमा अविजित रहँदा उनलाई अक्षर पटेलले २० रन बनाएर साथ दिए। वेस्टइन्डिजका लागि अबेड म्याकोइल र अलजरी जोसेपले समान २-२ विकेट लिए

१ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजका लागि कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। उसका लागि कप्तान निकोलस पुरन र रोभमन पवेलले समान २४-२४ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै सिमरन हेटमेयरले १९ रन बनाउँदा केएल मयर्सले १४ तथा ब्रान्डन किङ्गस र ज्यासन होल्डरले समान १३-१३ रन बनाए।​

वेस्टइन्डिजलाई कमजोर बनाउन भारतक लागि अर्सदीप सिंहले ३ विकेट लिंदा आभेष खान, अक्षर पटेल र रभि विश्वइले समान २-२ विकेट लिए। वर्षाका कारण खेलमा टसमा ढिलाई हुँदा तोकिएको समय भन्दा केहि ढिला गरि खेल सुरु भएको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily