Aadarsh-Daily

प्रतिनिधि सभा र प्रदेशको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

ad-4p

वीरगञ्ज, २२ साउन । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदै छ ।

content ad p2

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिए । आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन् ।

content left

काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र गएर दल दर्ता गर्न सकिने आयोगले आइतवार जारी गरेको सूचनामा उल्लेख छ ।

दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता समेत खुलाउनु पर्ने छ ।

दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति, दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति र दलको केन्द्रीयस्तर र केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वाषिर्क लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, राजनीतिक दलको संगठनात्मक स्वरुप पनि खुलाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित खबर

जसपा नेपालका नेताहरूलाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री प्रदीप यादव को विस्फोटक टिप्पणी—‘कांग्रेस लास र दासको पार्टी बनिसक्यो, अब देश जोगाउने जिम्मा एमालेको काँधमा’

Aadarsh Daily

प्रदीप यादवको अभियानले विपक्षी चकित, वडाध्यक्ष रौनियार एमालेमा प्रवेश

Aadarsh Daily

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा आज सर्वोच्चमा सुनुवाइ

Aadarsh Daily