Aadarsh-Daily

गाउँ टोलमा वृक्षरोपण गरेर वातावरणको संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड

ad-4p

वीरगञ्ज, २२ साउन ।  वन तथा वातावरण मन्त्री प्रदीप यावदले आफ्नो गाउँ टोलमा वृक्षरोपण गर्न आग्रह गरेका छन् । राउण्ड टेबल नेपालले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सबैले आ–आफ्नो टोललाई हराभरा बनाउन वृक्षरोपण गर्नुपर्ने बताए ।

content ad p2

आदर्शनगरको बालमन्दिर प्राङ्गनमा आयोजित वृक्षरोपण कार्यक्रमका अवसरमा मन्त्री यादवले वातावरणलाई हराभरा बनाउँदा मानव जातीलाई नै फाइदा पुग्ने भएको हुँदा बिनाश नगरेर संरक्षण गर्न आग्रह गरेका छन् ।

content left

राष्ट्र विकासका मेरुदण्ड मानिने युवाहरु वृक्षरोपण जस्ता सामाजिक कार्यहरुमा समय खर्चिदा सामाजिक प्रतिष्ठासँगै नयाँ पुस्ताले पनि सकारात्मक कुराहरुको अनुकरण एवम् अनुसरण गर्ने मन्त्री यादवको बिश्वास छ । कतिपय स्थानका युवाहरु लागु औषधको कुलतमा फस्ने, मदिरा सेवन गर्ने, झैझगडा गर्ने जस्ता नकारात्मक बाटोतर्फ अग्रसर रहेको बताउँदै मन्त्री यादवले त्यसले व्यक्तिसँगै समाजलाई पनि समाप्त बनाउने बताए ।

आगामी दिनमा पनि वातावरण संरक्षण तथा सचेतना सम्बन्धी कार्यक्रमहरुलाई निरन्तरता दिन राउण्ड टेबल नेपाललाई मन्त्री यादवले सुझाव दिएका छन् । मन्त्री यादवसँगै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतको उपस्थिती रहेको कार्यक्रममा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो ।

 

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily