Aadarsh-Daily

देशैभरका विमानस्थलमा धुम्रपान निषेध

ad-4p

वीरगञ्ज, २४ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र सुर्ती, चुरोटसहितका वस्तुको सेवनमा पूर्ण प्रतिवन्ध लगाएको छ । भरतपुर विमानस्थलमा ई–सिगरेट पिएको पाइएपछि प्राधिकरणले देशभरका सबै विमानस्थलमा यस्ता वस्तुको सेवनमा पूर्ण निषेध लगाउने निर्णय गरेको हो ।

content ad p2
content left

प्राधिकरणले हालै देशभरका नागरिक उड्डयन कार्यालय र वायुसेवा सञ्चालकहरुलाई पत्र लेख्दै विमानस्थल क्षेत्र भित्र सुर्तीजन्य पदार्थलगायत कुनै पनि प्रकारका वस्तु (ई–सिगरेट) समेतको प्रयोग गरी धूम्रपान गर्न पूर्ण निषेध लगाएको जानकारी गराएको हो । यस्ता गतिविधिको अब विमानस्थल प्रशासनले नियमित अनुगमन गर्नुपर्नेछ ।

यसअघि २९ असारमा काठमाडौंबाट धनगढीका लागि उडेको जहाज भित्रै एक जना यात्रुले चुरोट सल्काएपछि पक्राउ परेका थिए । विमान भित्र प्रज्वलनशील पदार्थको निषेध यसअघि पनि थियो । प्राधिकरणले अब विमानस्थल क्षेत्र मै सूर्ती तथा चुरोट सेवन निषेध गरेको हो ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily