Aadarsh-Daily

नवरात्रको छैटौँ दिन आज माता कात्यायनीको आराधना गरिदै

ad-4p

बडादशैंको धार्मिक उत्सवअन्तर्गत आज नवरात्रको छैटौँ दिन माता कात्यायनीको पूजा–आराधना गरिँदैछ। आश्विन शुक्ल षष्ठीका दिन दुर्गा भवानीको छैटौँ स्वरूपका रूपमा माता कात्यायनीको पूजा गर्ने परम्परा छ।

content ad p2
content left

धार्मिक विश्वासअनुसार माता कात्यायनीलाई शक्ति, साहस र विजयकी प्रतीक मानिन्छ। यस दिन भक्तजनले विधिपूर्वक पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्छन्।

नवरात्र सुरु भएसँगै देशभरका दुर्गा मन्दिर र शक्तिपीठमा पूजाआजा गर्ने भक्तजनको चहलपहल बढेको छ। वीरगंजसहित मधेशका विभिन्न स्थानमा पनि दशैंको धार्मिक रौनक देखिएको छ।

नवरात्रका नौ दिन दुर्गाका नौ स्वरूपको पूजा गरिन्छ भने दसौँ दिन विजयादशमीमा टीका र जमरा लगाएर बडादशैं मनाइन्छ।

सम्बन्धित खबर

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily

दशैं–तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

Aadarsh Daily