Aadarsh-Daily

पर्साको तिलावे पुल उद्घाटन, किन भयो निर्माणमा ढिलाई ?

ad-4p

वीरगञ्ज २८ साउन । हुलाकी राजमार्गअन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा पुल उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइ र वन तथा वातावरणमन्त्री प्रदीप यादवले संयुक्त रुपमा उक्त पुलको उद्घाटन गरेका हुन् ।

content ad p2

साढे सात करोड रुपैयाँको लागतमा १०० मीटर लम्बाइ र ७ मीटर चौडाईको पुल निर्माण भएको छ । पुल ३ वर्षमा निर्माण सक्ने गरी २०७२ सालमा पुलको ठेक्का लागेको थियो । पप्पु-लुम्बिनी जेभीले पुल निर्माण गरेको हो ।

पुल सञ्चालनमा आएसँगै पर्साको ग्रामीण क्षेत्र र सदरमुकाम वीरगञ्जको आवागमन सहज भएको छ । पुल सञ्चालनमा आउनुअघि पुरानो र साँघुरो पुलबाट सवारीका साधन आउजाउ हुने गरेको थियो ।
साँधुरो पुलबाट दैनिक सयौं सवारी साधन आउजाउ हुँदा पुलमै घण्टौं ट्राफिक जाम हुँदै आएकोमा अब पर्साका बासिन्दालाई सो समस्याबाट मुक्ति मिलेको छ । पर्साको मुख्य मार्गको रुपमा रहेको हुलाकी सडकमा निर्मित यो पुल सञ्चालनमा आएसँगै पर्साका बासिन्दा खुशी भएका छन् ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा सांसद् हरिनारायण रौनियार, प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवलगायतको सहभागिता थियो ।

सम्पर्क सडक र तटबन्धन बर्खापछि

content left

पुलको ९० प्रतिशत काम पूरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले बताएको छ । सम्पर्क सडक र नदी तटबन्धनको कार्य बर्खा सकिएलगत्तै शुरु हुने पनि आयोजनाले जनाएको छ ।

अहिले सम्पर्क सडक बनाउँदा भर्खरै हालिएको माटो भासिने र नदीमा पानी बढी भएकाले तटबन्धन गर्न नमिल्ने बताइएको छ ।

किन भयो ढिलाई ?

२०७२ जेठ २५ गते पुल निर्माणको सम्झौता भएकोमा आयोजनाले नक्सा स्वीकृतिमै ३ वर्ष समय लगाएको थियो । जब कि, ३ वर्षमा पुल निर्माण गरिसक्ने सम्झौता थियो । २०७५ मा काम शुरु भएको थियो ।

पुल निर्माणका लागि साविक पुलबाट आवागमन बन्द गर्नुपर्नेमा डाइभर्सन निर्माणमा पनि ढिलाई भएको थियो । आयोजनाले २०७५ फागुन २३ मात्रै डाइभर्सन निर्माणको कार्यादेश स्वीकृति दिएको थियो ।

डाइभर्सन तयार भएपछि २०७६ बैशाखबाट कामले गति लिएको निर्माण कम्पनीले बताएको छ । यसबीचमा परेको कोरोना महामारी र निर्माण सामग्रीको अभावजस्ता समस्याले पनि पुल निर्माण कार्यको गति प्रभावित भएको आयोजना कार्यालयका प्रमुख दरोगा साहले बताए ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily