Aadarsh-Daily

प्रदेश सांसद कुर्मिद्वारा सिरिसिया सडक निर्माण शिलान्यास

ad-4p

मधेश प्रदेशका प्रदेश सभा सदस्य रमेश कुर्मीले सडकको शिलान्यास गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य कुर्मीले सिरसिया बोर्डर ड्राइपोर्ट, अठराहा सुगौली, बिर्ता हुँदै अपौनीसम्म निर्माण हुने सडकको शिलान्यास गरेका हुन् ।

content ad p2
content left

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार विकास कार्यालय पर्साद्वारा निर्माण हुने सडकको शिलान्यास पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य कुर्मीले सडक निर्माणपश्चात सो क्षेत्रका जनतालाई आवतजावतमा सहज हुने बिश्वास व्यक्त गरे ।

सडक निर्माणको क्रममा कसैको अलिकति जग्गा सडकमा पर्दा विरोध नगरेर बिकासको काममा हातेमालो गर्न आग्रह गरे ।
लालबाबु प्रसाद कुर्मीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा डा.महेश्वर प्रसाद कुर्मी, सुमित रौनियार, पारस प्रसाद कलवार, विश्वनाथ राउत कुर्मी लगायत स्थानीयको उपस्तिथी रहेको थियो ।

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily