Aadarsh-Daily

लोसपाबाट पर्सा क्षेत्र नं. ३ काे (ख) मा प्रत्यक्षतर्फको एकल उमेद्वार गिरी

ad-4p

वीरगञ्ज ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पर्साकाे पार्टी कार्यालयमा बसेको बैठक बाट क्षेत्र नं. ३ काे (ख) मा प्रत्यक्ष तर्फको उम्मेदवार श्रीराम जी गिरीको एकल नाम सर्वसम्मतिले सिफारिस भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजेश कुमार साहको सभापतित्वमा बसेको बैठकले गिरीको एकल नाम सिफारिस गरेको छ।

content ad p2
content left

क्षेत्र नं १मा प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यमा अनिल कुमार झा , मुन्नी श्रीवास्तव , क्षेत्र नं २ मा सरदा सिंह भण्डारी , नबिन प्रकाश साह ,क्षेत्र नं ३ मा राजेन्द्र महतो, क्षेत्र नं ४ महन्थ ठाकुर, लक्ष्मण लाल कर्णको नाम सिफारिस भएको छ।

त्यसैगरी प्रदेश सभा सदस्य क्षेत्र नं १(क) प्रत्यक्ष तर्फको उमेद्वार बिक्रम पटेल, क्षेत्र नं १(ख) तर्फको उमेद्वार ओम प्रकाश सर्राफ , क्षेत्र नं २ (क) बाट राजेश कुमार साह ,क्षेत्र नं २(ख) बाट लालबाबु प्रसाद कुर्मी,मनोज साह, क्षेत्र नं ३ को (क)बाट देवानन्द यादव, शिवपुजन साह , क्षेत्र नं ३(ख) बाट श्रीराम जी गिरी क्षेत्र नं ४ को क बाट हाकिम मियाँ , क्षेत्र नं ४ को (ख) बाट माओ को नाम सिफारिस भएको छ। पार्टी को बैठक पार्टी कार्यालय वीरगञ्ज मा बसेको थियो।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily