Aadarsh-Daily

गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमणको प्रयास

ad-4p

९ असोज, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास भएको छ । वडा नं २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंं६ स्थित घर फर्किंदै गर्दा यादवमाथि आक्रमणको प्रयास भएको हो ।

content ad p2

१०/१२ जनाको संख्यामा रहेका समूहको आक्रमणबाट अध्यक्ष यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात भाँचिएको छ भने यादवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
आक्रमणबाट अध्यक्ष सवार गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सिसा फुटेको छ भने ना २ च ८६६ नम्बरको निजी कारमा आगजनी भएको छ ।
कार्यालयबाट घर फर्किने क्रममा ज्यान मार्ने उद्देश्यले आफूमाथि आक्रमण गरेको अध्यक्ष यादवले बताए । ‘कार्यालयबाट घर फर्कंदै थिएँ, सखुवाप्रसौनी–५ बलुवा पुग्ने बित्तिकै १०/१२ जनाको संख्यामा आएका गुण्डा प्रवृत्तिका मानिसहरुले आक्रमण गरे’, उनले भने, ‘मलाई त केही भएको छैन, तर दुई जना घाइते भएका छन् ।’
गाउँपालिकाका प्रमोद यादव, अनिल पटेल, रामबाबु यादव लगायतले ज्यान मार्ने प्रयास गरेको अध्यक्ष यादवको आरोप छ ।

content left

उनका अनुसार दिँउसो कार्यालयमा केही व्यक्तिले मादक पदार्थ सेवन गरेर होहल्ला गर्नुको साथै कर्मचारीमाथि दुव्र्यवहार गरेका थिए । सम्झाइ–बुझाइ गर्दा नमानेपछि प्रहरी बोलाएर एक जनालाई पक्राउ गरिएको थियो । त्यसैको प्रतिशोधमा आफूमाथि आक्रमण भएको हुनसक्ने उनले बताए ।

स्रोतका अनुसार लोसपाबाट एमालेमा प्रवेश गरेका प्रदेशसभा सदस्य प्रल्हाद गिरीको नाति पर्ने ‘बुलेट’ भनिने दीपरञ्जन गिरी दिउँसो गाउँपालिका कार्यालय गएका थिए । केही दिन पहिले राजुराज गिरी भन्ने गिरी परिवारका एक सदस्यले फेसबुकमा गाउँपालिकाको गाडी दुरुपयोग भएको विषयमा ‘स्टाटस’ राखेका थिए ।
सोही विषयलाई लिएर गाउँपालिका अध्यक्ष यादवका भाइ बलवन्तले दीपरञ्जनलाई आक्रमण गर्नुका साथै प्रहरी बोलाएर पठाएका थिए । त्यसक्रममा जसपाका दीपलाल साह गोढको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि आक्रोशमा आएका समूहले अध्यक्ष यादवमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक उमेश बस्नेतले भने घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । ‘घटनाको जानकारी पाए गत्तै प्रहरी टोली परिचालन गरेर म स्वयम् पनि घटना स्थलमा पुगें’, उनले भने ‘घटनामा संलग्न १२ जनाको नाम आएको छ, ३ जनालाई पक्राउ गरिसकेका छौं । स्थिति सामान्य छ ।’

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily