Aadarsh-Daily

भन्सार कार्यालय ४ दिन बन्द, जाँचपास पनि स्थगित

ad-4p

वीरगञ्ज १७ असोज । दशैं पर्वमा यसपटक देशकै मुख्य भन्सार कार्यालय चार दिन बन्द हुने भएको छ ।

content ad p2

वीरगञ्ज भन्सार कार्यालयले सूचना निकालेर यही असोज १७ गते महाअष्टमीदेखि २० गते एकादशीसम्म एकीकृत जाँच चौकी (आईसीपी) बन्द रहने बताएको हो । अघिल्ला वर्षहरूमा केही कर्मचारी खटाएर भए पनि मालसामान जाँचपास हुुँदै आएको थियो ।

content left

यो दशैंमा चार दिनसम्म वीरगञ्ज भन्सारबाट मालवस्तुको जाँचपास स्थगित हुने भएको छ । यात्रु शाखाबाट हुने सेवामात्र प्रदान गरिने भन्सारले बताएको छ । यात्रु शाखाबाट मानिसको आवागमन र नेपाल भित्रिने भारतीय सवारीलाई प्रवेश अनुमतिलगायतका काममात्र हुन्छन् ।

विगतमा वर्षमा केही कर्मचारी राखेरै भए पनि मालबस्तुको जाँचपास गर्दै आएकोमा यो वर्ष भन्सारले ४ दिनसम्म भन्सार बन्द गरेको र यसबाट आयातकर्तालाई समस्या पर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।

चार दिनसम्म आईसीपी पूर्ण रुपमा बन्द हुँदा अत्यावश्यक सामग्री, फलफूल र तरकारीजस्ता वस्तुको आयातमा समस्या हुने उनले बताए । आईसीपी बन्द भएपछि भारत र तथा तेस्रो मुलुकबाट मालसामान लिएर आएका ढुवानीका साधन सीमापारि भारतीय क्षेत्रमै बस्नुपर्ने भएको छ । दैनिक ५/ ७ सय ढुवानीका साधन आउने यो नाकामा रहेको भन्सार बन्द भएपछि भारततर्फ सडकमा यस्ता साधनको लामो जाम लाग्ने र भन्सार खुलेपछि व्यवस्थापनमा समस्या हुने संघका अध्यक्ष डा सुवोधकुमार गुप्ताले बताए ।
भन्सारबाट जाँचपास बन्द हुँदा सयौं गाडीमा दैनिक करोडौं रुपैयाँ बिलम्ब जरीवाना लाग्ने पनि गुप्ताको चिन्ता छ । आइतवार फूलपातीको दिनमा समेत भन्सार मध्यान्ह १२ बजेसम्ममात्रै खुलेको छ । आइतवार यो नाकाबाट औद्योगिक कच्चा पदार्थ र औषधीजन्य वस्तुमात्रै जाँचपास भएको भन्सारले बताएको छ । आर्थिक अभियान

सम्बन्धित खबर

सर्वोच्च फैसलापछि कांग्रेसलाई एकताबद्ध बनाउन थापाको आह्वान

Aadarsh Daily

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily