Aadarsh-Daily

बागी उम्मेदवार कानु र गिरीद्वयसहित ८ जना एमालेबाट निष्काशित

ad-4p

वीरगञ्ज, २८ असोज । नेकपा एमालेले आफ्ना ९ जना बागी उम्मेदवारहरुलाई कारवाही गरेकाे छ । मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीकाे निर्णय विपरित पर्साकाे विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने ९ जनालाई कारवाही गरिएकाे एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुले वताए ।

content ad p2
content left

जिल्ला अध्यक्ष थारुले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले र जसपाको केन्द्रीय निर्णय अनुसार सिट तालमेल गरी आ-आफ्नो पार्टीबाट अधिकारिक उम्मेदवारी दिने बाहेक स्वतन्त्र तथा अन्य राजनैतिक दलबाट बागी भई दिएका उम्मेदवारहरु पार्टीको निर्देशन अनुसार आफ्नो उम्मेदवारी फिर्ता नगरेकोले पार्टी विधान, निर्णय, निर्देशनको विपरीत काम गरेका उम्मेदवारहरुलाई आजैको मितिवाट साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको जानकारी गराएका हुन् ।

उनले विज्ञप्ती मार्फत नै वागी उम्मेदवारहरुलाई पार्टी नेता, कार्यकर्ताहरुले कुनै किसिमको निर्वाचनमा सहयोग नगर्न निर्देशन समेत दिएका छन् ।
पार्टीबाट निष्काशन हुनेमा जिल्ला सदस्य संतोष कुमार, छिपहरमाई गाउँपालिका अध्यक्ष प्रहलाद साह कानु, शान्त कुमार जोशी, अफताब आलम, महमद आलम देवान, फरमान अंसारी, प्रहलाद गिरी, निरराज गिरी र सङ्गबो लामा तामाङ्ग (विनोद लामा) रहेका छन् ।

कारवाही बारे जिल्ला कमिटीले एमाले मधेश प्रदेश कमिटी जनकपुरधाम र एमाले केन्द्रीय कमिटि च्यासल, ललितपुरलाई समेत जानकारी गराएकाे छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily