Aadarsh-Daily

बहुदरमाई नगरपालिका को डोकैला चौकमा माहाबिरी झण्डा मेलामा भब्य कुश्ती सम्पन

ad-4p
content left

पर्सा l बहुदरमाई नगरगरपालिका वडानं.६डोकैला चौकमा माहबिरी झाण्डा मेलामा बिशाल दंगल कुस्ती प्रतियोगिता सम्पन्न भएको छ।
बहुदरमाई नगरपालिकाको नगर प्रमुख सिहासन साह तेली र वाडा अध्यक्ष सुरेन्द्र प्र. यादवले संयुक्त रूपमा कुस्ती मेलाको उद्घाटन गर्नुभएको छ । बिशाल दंगल कुस्ती प्रतियोगितमा भारत अयोध्या,राजस्थान,बनारस र दिल्लीका चर्चित पहलवान,र नेपालका चर्चित पहलवानहरुको सहभागिता रहेको भने माहबिरी झाण्डा मेलामा खेल,तमासा,नाच,र बिशाल दंगल कुस्ती प्रतियोगिताको आयोजना गरिएको थियो ।अध्यक्ष यादवले जानकारी दिए । मेला उद्घाटन गर्दै वाडा अध्यक्ष यादवले कुस्ती खेल मधेशको पहिचान भएकोले यसको संरक्षण गर्न सरकारको दायित्व भएको बताए । उहाँले कुस्ती खेललाई संरक्षण गर्न गाँउ गाँउमा यस्ता प्रतियोगिताहरु संचाल्न गर्नुपर्ने धारणा राखे ।मेला कार्यक्रममा बहुदरमाई न.पा को प्रमुख अतिथी सिहासन साह तेली , एमाले नेता शिव पटेल, वडा अध्यक्ष सुनिल प्रसाद कुशवाहा ,समाजसेवी प्रमोद कुशवाहा, संचारकर्मी कृष्णा यादव लगायतको उपस्थिती रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily