Aadarsh-Daily

पर्सा क्षेत्र नं. २मा एमाले ,जसपा गठबन्धन द्धारा घरदैलो

ad-4p

कार्तिक-५ वीरगञ्ज। जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धन पर्साले क्षेत्र नम्बर २ मा आफ्नो चुनावी प्रचारप्रसारका क्रममा आज पर्सागढी न.पा. वडा- २ छ्तवन टाडी, काटानी, झोङड, खेखरिया, शन्तिटोल, पिप्राव्ध, बागवाना, घोड्पासरा र औरहियमा घरदैलो कार्यक्रम सुरु गरेको छ ।

content ad p2
content left

आज विहान देखि वडा न २ का भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु भएको हो । जसपाका नेता तथा प्रतिनिधिसभाका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मी र पर्सा निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभाका उम्मेदवार रामनरेश यादव आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरिरहेका छन्।

जसपा र नेकपा एमालेका साझाँ उम्मेदवार कुर्मी र यादव घरघरमा मतदाताहरूलाई भेटेर भोट दिन आग्रह गरेका थिए । घरदैलोका क्रममा प्रतिनिसभा का उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेश सभाका उम्मेदवार यादवलाई स्थानीयले स्वागत गर्दै जीतको शुभकामना पनि दिएका थिए । नेकपा एमाले पर्सागढी नगरपालिकाका नगर अध्यक्ष दुर्गा लामिछानेको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रममा नगर सदस्य, हरि घिमिरे, प्रेम पहाडी र जसपा जिल्ला सचिव तवरेज अहमद, क्षेत्रीय उपाध्यक्ष मुमताज आलम, जसपाका नगर प्रमुखका प्रत्यासी सुरज मानन्धर लगायतको उपस्थिति रहेको थियो

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily