
पर्सा । ठेकेदार हरीनारायण रौनियारको राजनितिक चौपट हुने भएको छ । छोरी मधु गुप्ता कुर्मीको आडमा चुनाव जित्ने दाउँमा रहेका रौनियारले जसपा एमालेको गठबन्धनलाई धोका दिदै काँग्रेस संग साठगाठ बढाएपछि गठबन्धनका रुष्ट नेता कार्यकर्ताहरुले नै चुनाव हराउँने दाउँमा लागेको श्रोतले जनाएको छ । आफूलाई चुनाव लड्न नपाएपछि रौनियारले पर्सा निर्वाचन क्षेत्र नंं ३ को “ख” बाट आफनो छोरी मधु गुप्ता कुर्मीलाई एमाले जसपा गठबन्धनको प्रदेशसभा सदस्यको उम्मेदवार बनाएका छन ।
गठबन्धन एमालेसँग गर्ने अनि सल्लाह, योजना तथा रणनीति निर्माणमा काँग्रेसीहरुलाई मात्र सहभागि गराउने गरेकोले भित्रका गोप्य सूचना काँग्रेस नेतृत्व तहमा पुगेपछि उनी कमजोर बनेको बताइन्छ । गुप्ता संविधान सभा सदस्य रामेश्वर रौनियारको पनि भतिजी हुन् । राजनीतिक रुपमा होमिएको भएपनि यतिबेला रौनियार कम्पनीको राजनीतिक विरासत कमजोर बनेको छ भने यसको फाईदा विपक्षीहरुलाई पुग्ने अनुमान लाग्न थालेको छ ।

यता बुबाको क्रियाकलापले गर्दा पनि डा. मधुलाई चुनाव जित्न धाउधाउ भएको छ । दिनप्रति दिन उनी कमजोर बन्दै जान थालिएको स्थानियले जनाएका छन । उनी माथि पप्पु कन्ट्रक्सनको बिल्ला लागेपछि मतदाताले उनीलाई मत नदिने देखिएको छ । पप्पु कन्ट्रक्सनका पूर्व सञ्चालक उनका बुवा हरिनारायण रौनियार हुन भने अहिले उनका भाई सुमित रौनियार पप्पुको सञ्चालक रहेका छन् ।
पप्पु कन्ट्रक्सनको नाम प्रदेश मधेशमा मात्र नभई नेपालभरी नै बद्नाम रहेको छ । पप्पुले कतिपय ठेक्का सम्झौता गरेर अधुरो काम छोडेका छन् भन्ने कतिको ठेक्का सकार गरी कमसल सामग्री प्रयोग गरी काम गरेका हुन् । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं. ३ का जनताले हरिनारायण रौनियारलाई जिताएर पठाएको, तर त्यहीँ पप्पु कन्ट्रक्सनले गर्दा उनी निलम्बित भए । हरिनारायण निलम्बित भएपछि त्यस क्षेत्रको विकास जहाँको त्यहीँ बस्यो ।
त्यहीँ कारण यहीँ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमाले–जसपाको गठबन्धनको प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी डा. मधु आफ्ना बुवाका कारण जितबाट वर्जित हुन सक्ने आंकलन गरिएको छ । चुनाव नजिकदै जाँदा उनी अफ्नो बुवा र भाईसंगै जनताको घरदैलोमा जाँदा मतदाताले उनीलाई मत नदिने तर्क गर्दछन् ।
सो क्षेत्रका एक स्थानिय भन्छन्, “पहिला हरिनारायण रौनियारलाई जिताए, तर काम गरेनन् । अब अरुको टिकट छिनेर आफ्नो छोरीलाई चुनावमा लडाउँदै हुनुहुन्छ । हामीले कसरी मत दिने त उहाँलाई ?, न त हामीले उहाँलाई चिन्छौं, न त उहाँले हामीलाई चिन्नुहुन्छ । यसपालि हाम्रो गाउँ ठाउँमा भएका समस्या बुझ्नेलाई मात्र मत दिने पकाहामैनपुरका वासिन्दाहरु बताउँछन् ।

