Aadarsh-Daily

पर्सामा चुनावका लागि खटिएका कर्मचारीहरु मतदान केन्द्र तर्फ प्रस्थान

ad-4p

वीरगन्ज,०१ मंसिर : मङ्सिर ४ गते हुने निर्वाचनका लागि पर्सामा खटिएका कर्मचारीहरु बिहीबार देखि मतदान केन्द्र तर्फ प्रस्थान गरेका छन् ।

content ad p2

सदरमुकाम वीरगन्जबाट कर्मचारीहरू मतपत्रसहित निर्वाचन सामग्री बुझेर आ आफनो मतदान केन्द्र तर्फ गएका हुन् ।

क्षेत्र नम्बर १ र २ को बीरगन्ज स्थित निर्वाचन कार्यालय र क्षेत्र नम्बर ३ र ४ को लागि पोखरीया स्थित निर्वाचन कार्यालयबाट मतदान अधिकृत सहितका कर्मचारीहरूले मतपत्र, मतपेटिका, सिल, मतदाता नामावली, स्वस्तिक छाप, विभिन्न प्रकारका अनुसूची फारमहरू सहित ९१ प्रकारका निर्वाचन सामग्री बुझेर बिहीबार देखि सम्बनिधत मतदान केन्द्र तर्फ प्रस्थान गर्न शुरु शुरु भएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिए ।

content left

आफ्नो जिम्मामा रहेको निर्वाचन सामग्री बुझेर उनीहरू आफू खटिएको पालिकाकाको मतदान केन्द्र तर्फ लागेको उनले बताए । पर्सा जिल्लाको ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, धोविनी, लगायतका ग्रामीण इलाकामा रहेका मतदान केन्द्रमा बिहीबार देखि नै कर्मचारीहरु प्रस्थान गरेको पोखरेलले बताए ।

त्यसैगरी, मतदान प्रक्रियालाई सुरक्षित र भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले कार्तिक २७ गतेबाट निर्वाचन सम्पन्न नभइन्जेल सम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्देशन जारी गरिसकेको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालयले निर्वाचनको दिन मङ्सिर ४ गते बिहान ५ बजेदेखि मङ्सिर ५ गते बिहान ५ बजेसम्म तोकिएको अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक पनि लगाइएको जनाएको छ ।

पर्सा जिल्लामा १ सय ५९ वटा मतदानस्थलमा ४ सय १७ मतदान केन्द्र रहेका छन् । ३ लाख ४५ हजार मतदाता रहेको पर्सामा ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

निर्वाचन शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्न कर्मचारी, सुरक्षाकर्मीसहित ११ हजार जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily