Aadarsh-Daily

रवि लामिछानेको नागरिकता बारे प्रहरीको छानबिन सुरु

ad-4p

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादमाथि प्रहरीले छानबिन सुरु गरेको छ। काठमाडौं प्रहरीले लामिछानेको नागरिकता विवादमाथि छानबिन सुरु गरेको प्रहरीले स्रोतले बताउको छ ।

content ad p2
content left

चितवन क्षेत्र नंबर २ बाट विजयी समेत भइसकेका लामिछाने माथि अमेरीका जादा ’त्याग गरिसकेको’ नेपालको नागरिकताको प्रमाणपत्र बुझाएको आरोप छ। नागरिकता विवादमा मुछिएपछि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो।

उक्त उजुरीमाथि छानबिनका लागि गृहले जिल्ला प्रशासन कार्यालय र प्रशासनले अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाएको थियो। ’गृह, प्रशासन कार्यालय हुँदै छानबिनका लागि पत्र हामीकहाँ आएको छ। नागरिकता विवादमाथि हामीले अनुसन्धान सुरु गरिसकेका छौं,’ प्रहरी स्रोतले भन्यो ।

लामिछानेले चितवन–२ मा सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए। साभार : अन्नपूर्ण पोष्ट

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily