Aadarsh-Daily

सरकारले तत्काल धान खरिदकाे प्रक्रिया नथाले आन्दोलन गर्ने किसानहरुकाे चेतावनी

ad-4p

वीरगन्ज ,२१ मंसिर :नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले अविलम्ब किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकासँग माग गरेको छ ।

content ad p2

काठमाडौंमा बुधवार दुई महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । महासंघहरुले हिउँदे खेतीका लागि आवश्यक मलको तत्काल व्यवस्था गर्न पनि माग गरेका छन् । आफ्ना माग पूरा नभए किसान महासंघहरु देशभरका किसान परिचालन गर्न बाध्य हुने चेतावनी दिएका छन् । गत कार्तिक १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । जसअनुसार मोटा धानको मूल्य २ हजार ९६७ र मध्यम धानको मूल्य ३ हजार १२८ निर्धारण गरेको थियो ।

गएकाे वर्ष भन्दा मोटा धानमा प्रतिक्विन्टल दुई सय १५ र मध्यम धानमा दुई सय २६ रुपैयाँ वृद्धि गरेको भए पनि लागतमूल्य र मुद्रास्फितिका आधारमा सरकारले निर्धारण गरेको मूल्यले किसानलाई लाभ नपुग्ने महासंघहरुले जनाएका छन् ।

content left

पत्रकार सम्मलेनमा बोल्दै नेपाल किसान महासंघका केन्द्रीय सदस्य आदर्श कार्कीले मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया शुरु नगरेकाले किसानहरु व्यपारीहरुलाइ सस्तो मूल्यमा धान बेच्न बाध्य भइरहेको बताए । उनले धान खरिदका लागि आवश्यक बजेट निकासा नगर्दा धान खरिद प्रक्रिया अघि बढ्न नसकेको बताए । उनले धान खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदको विषयमा चासो नदेखाएको बताए ।

यस्तै पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले अहिलेसम्म पनि धान खरिद प्रक्रिया अघि बढ्न नसक्नु किसानका लागि बिडम्वनाको विषय भएको बताए । उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नसक्ने स्थिति नरहेको बताए।

उनले अर्थ मन्त्रालयले बजेट विनियोजन नगर्दा धान खरिद प्रक्रिया अघि बढ्न नसकेको कुरा आएको भन्दै बजेट निकासा गरी तत्काल किसानसँग धान खरिद गर्नुपर्ने बताए । उनले करिव १० लाख मेट्रिक्टन धान खरिद गर्ने तागत सरकारले राख्नुपर्ने बताए । उनले धान राख्ने गोदाम नहुनु र बजेटको अभावका कारण धान खरिद गर्न नसेकेको भन्दै सधैँ बजेट अभाव भयो भनेर सरकार पन्छिन नमिल्ने बताए ।

महासंघहरुले आगामी दिनमा किसानका माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि जनाएका छन् । आम किसानलाई संघर्षमा उत्रिनका लागि आह्वान गर्दै देशव्यापी किसान महासंघका संगठन परिचालन गर्ने, प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने, उद्योगमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका मुलुकभरका शाखा कार्यालय तथा डिपोहरुमा मंसिर २५ गते धर्ना दिने र तालाबन्दी गर्ने, देशभर विभिन्न जिल्ला र स्थानीयस्तरमा किसान प्रदर्शन, र्‍याली तथा सभाहरु आयोजना गर्ने, निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद गर्ने प्रक्रिया शुरु नगरे दोस्रो चरणका संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने महासंघहरुको चेतावनी छ ।

 

सम्बन्धित खबर

एमालेबाट प्रदीप यादव र रिमा कुमारी यादवको उम्मेदवारी दर्ता

Aadarsh Daily

पर्सा–२ प्रतिनिधि सभा सदस्यमा एमालेद्वारा तीन उम्मेदवार सिफारिस, पूर्व मन्त्री राजकुमार गुप्ता प्रमुख दावेदार

Aadarsh Daily

बारा–४ प्रतिनिधि सभा सदस्यमा एमालेद्वारा तीन उम्मेदवार सिफारिस, अमर यादव पहिलो नम्बरमा

Aadarsh Daily