Aadarsh-Daily

देशकै सर्वाधिक ठूलाे र लाेकप्रिय पार्टी बन्याे एमाले

ad-4p

काठमाडाैं । नेकपा एमाले देशकै सर्वाधिक ठूलाे र लाेकप्रिय पार्टी बनेकाे छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे अन्तिम मतपरिणाम अनुसार जनमतका आधारमा एमाले देशकै सर्वाधिक ठूलो र लोकप्रिय पार्टीका रुपमा स्थापित भएको हाे । यसअघि पनि देशकै सर्वाधिक ठूलाे र लाेकप्रिय रहेकाे एमालेले आफूलाई साे हैसियत भन्दा झन् माथि राख्न सफल भएकाे हाे ।

content ad p2

प्रत्यक्षतर्फ केही सिटले दाेस्राे दलमा खुम्चिएकाे एमालेले समानुपातिकतर्फ भने सर्वाधिक लाेकप्रिय मतसहित आफूलाई देशकै ठूलाे शक्तिका रुपमा पुन: उभ्याएकाे छ । अनेक घेराबन्दीबीच पनि एमाले लाेकप्रिय पार्टी बन्न सफल भएकाे हाे ।

निर्वाचन आयाेगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले समानुपातिककाे मतगणना सम्पन्न भएकाे जानकारी दिनुभयाे । मंगलबार सम्पन्न समानुपातिकतर्फकाे अन्तिम मतपरिणाम अनुसार एमालेले प्रतिनिधि सभाकाे समानुपातिकतर्फ करिब साढे २८ लाख मत पाएर पहिलाे बनेकाे छ । कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएकोमा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । एमालेले नेपाली कांग्रेसले भन्दा १ लाख ३० हजार ४१६ मत बढी पाएकाे छ ।
निर्वाचन आयाेगका अनुसार दोस्रो स्थानमा रहेको कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्र ११ लाख ७५ हजार ६८४ मतसहित तेस्राे बनेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ३० हजार ३४४ मत ल्याएर चाैथाे बनेकाे छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१३ र जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत पाएर क्रमश: पाँचाैं,छैटाैं र साताैं नम्बरमा छन् । यी ७ दल मात्र राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । प्रतिनिधि सभाको समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने प्रावधान छ ।

नेकपा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७२२ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार ३६७ मत पाएका छन् । एकीकृत समाजवादी, लाेसपा लगायत दल भने राष्ट्रिय पार्टी बन्न असफल भएका छन् ।

६ प्रदेशमा एमाले र एकमा कांग्रेस पहिलाे

content left

मधेस प्रदेशबाहेक अरु ६ प्रदेशमा पनि समानुपातिकतर्फ एमाले पहिलाे दल बनेकाे छ । प्रदेश सभातर्फ प्रदेश-१ मा एमालेले ६ लाख ६५ हजार ४६०, कांग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११, माओवादीले १ लाख ८१ हजार २४५, जसपाले ६१ हजार ७२३ र एकीकृत समाजवादीले ५५ हजार ९५७ मत पाएका छन् । प्रदेश १ मा कुल ३६ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।

मधेस प्रदेशमा कांग्रेसले ४ लाख १४४, एमालेले ३ लाख ५१ हजार ७६८, जनमतले ३ लाख २९ हजार १७७, जसपाले २ लाख ९८ हजार ७७४, माओवादीले १ लाख ८० हजार ८६०, एकीकृत समाजवादीले १ लाख १३ हजार ९१५, लाेसपाले १ लाख १३ हजार ३६४ र राप्रपाले ६५ हजार ५४ मत पाएका छन् । मधेस प्रदेशमा पनि कुल ३६ दलले समानुपातिकतर्फ भाग लिएका थिए । मधेस प्रदेशमा कांग्रेसले ४ लाख १४४, एमालेले ३ लाख ५१ हजार ७६८, जनमतले ३ लाख २९ हजार १७७, जसपाले २ लाख ९८ हजार ७७४, माओवादीले १ लाख ८० हजार ८६०, एकीकृत समाजवादीले १ लाख १३ हजार ९१५, लाेसपाले १ लाख १३ हजार ३६४ र राप्रपाले ६५ हजार ५४ मत पाएका छन् । मधेस प्रदेशमा पनि कुल ३६ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।

वाग्मती प्रदेशमा एमालेले ५ लाख ९४ हजार ५२१, कांग्रेसले ४ लाख ९४ हजार २६१, माओवादी २ लाख ८५ हजार २७६, राप्रपाले २ लाख ७५ हजार ५६२, नेमकिपाले ६८ हजार ७९६ र एकीकृत समाजवादीले ६८ हजार १०१ मत पाएका छन् । वाग्मतीमा कुल ४१ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।

गण्डकी प्रदेशमा एमालेले ३ लाख ६७ हजार ९८९, कांग्रेसले ३ लाख ४९ हजार ६२८, माओवादीले १ लाख १६ हजार ९४५, राप्रपाले ५९ हजार ४८३ र एकीकृत समाजवादीले १५ हजार ७६ मत पाएका छन् । गण्डकीमा कुल ३१ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।

लुम्बिनी प्रदेशमा एमालेले ५ लाख ७० हजार ९२१, कांग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादीले १ लाख ९८ हजार ४५०, राप्रपाले १ लाख २७ हजार ४५२, नागरिक उन्मुक्तिले १ लाख २५ हजार ५२१, जनमतले ८१ हजार ६०५, जसपाले ६० हजार ८८६ र एकीकृत समाजवादीले ४२ हजार ६२१ मत पाएका छन् । लुम्बिनीमा कुल ३२ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।

कर्णाली प्रदेशमा एमालेले १ लाख ७३ हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६, माओवादीले १ लाख ३७ हजार ६२९, एकीकृत समाजवादी ३५ हजार ८२६ र राप्रपाले २५ हजार १८६ मत पाएका छन् । कर्णालीमा कुल २८ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।

सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ४८ हजार ८४०, कांग्रेसले २ लाख ४३ हजार २९, माओवादीले १ लाख १८ हजार ९०३, नागरिक उन्मुक्तिले ९८ हजार ५५४, राप्रपाले ४३ हजार ८०८ र एकीकृत समाजवादीले ४१ हजार ८३९ मत पाएका छन् । सुदूरपश्चिममा कुल ३४ दलले समानुपातिकतर्फ भाग लिएका थिए ।

 

 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily