Aadarsh-Daily

पाँच वर्षसम्म देउवा नै प्रधानमन्त्री !’ सांसद् रमेश रिजाल

ad-4p

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पर्सा ४ का नवनिर्वाचित सांसद रमेश रिजालले समानुपातिकतर्फको पुरुष सांसद पूर्व पदाधिकारीलाई बनाउने कि पदाधिकारीलाई बनाउने भन्ने मापदण्ड नबनेको बताएका छन् ।

content ad p2

‘कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । त्यसमा तीन जना मात्र पुरुषले पाउनुहुन्छ । महाभारत भए पनि रामायण भए पनि छान्नैपर्‍यो । गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशशरण महत सबै योग्य छ । जीवन परियार, फर्मुल्लाह मन्सुरको दाबी पनि उचित हो । अहिले मेरो, तपाईंको अनुमान मात्र हो । पार्टीको बैठक नबसीकन कसरी भन्न सकिन्छ ? हामीले चाहेर मात्र हुँदैन । बहुमतले जे तय गर्छ, त्यही हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिजालले भने ।

content left

उनले गठबन्धनको बहुमत पुग्ने र शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने ठोकुवा गरे । रिजालले थपे, ‘गठबन्धनको बहुमत पुग्छ । जसपा, जनमत र केही स्वतन्त्रहरु गठबन्धनमा आउँछन् । प्रधानमन्त्रीमा तत्काल शेरबहादुर देउवाको विकल्प छैन । मलाई आलोपालोको ज्ञान भएन । जनतालाई स्थिर सरकार दिन्छु भन्ने अनि ६, ६ महिनामा प्रधानमन्त्री आलोपालो गरिरहने ? पाँच वर्षको प्रधानमन्त्री देउवा नै हो ।’ प्रधानमन्त्रीका निम्ति गठबन्धन तोडिने कल्पना नगरेको पनि रिजालले बताए ।

कांग्रेसमा रामचन्द्र पौडेल, गगन थापा, प्रकाशमान सिंहको दाबी छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘गगनको समय आइसकेको छैन । पछि पछिका लागि भूमिका बनाउनुभएको हो । संसदीय दलमा उहाँले देउवालाई हराउन सक्नुहुन्न । रामचन्द्र पौडेलले बन्छु भनेर मात्र हुँदैन, आफ्नो शक्ति पनि हुनुपर्छ । अब देउवालाई रामचन्द्र, प्रकाशमानले पनि सहयोग गर्नुपर्छ । पछि पालो आउँछ ।’

मधेस प्रदेशमा कांग्रेस हुनुपर्ने जति बलियो नदेखिएको पनि रिजालले स्वीकारे । उनले भने, ‘कांग्रेसको कन्जबिजोग भएको छैन । एमाले हामीभन्दा ठूलो पार्टी भएको सत्य हो । मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्ने सम्भावना छ । मुख्यमन्त्री को बन्ने तय भएको छैन ।’ अहिले नै मुख्यमन्त्री पाउने जनमत पार्टीको हैसियत नभएको पनि उनले औंल्याए ।

 

 

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily