Aadarsh-Daily

 सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

ad-4p

जनमत पार्टीले समानुपातिक उम्मेदवारको नाम टुंग्याएको छ । डा. सीके राउत नेतृत्वको यो पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षमा एक र समानुपातिकमा ५ सीट हात पारेको छ ।

content ad p2

बिहीबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले समानुपातिकतर्फ अनिता साह (मधेसी), सोनु मुर्मुर (आदिवासी जनजाती), अब्दुल खान (मुस्लिम), बिनिताकुमारी सिंह (आदिवासी जनजाती) र गोमा सापकोटा (खसआर्य) को नाम टुंगो लगाएको सचिव सञ्जय यादवले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार प्रदेशसभातर्फ बबिता ईशर (मधेसी), रञ्जुकुमारी मण्डल (दलित, अल्पसंख्यक), अनिताकुमारी साह (मधेसी), हसिना खातुन (मुस्लिम), भाग्यश्री चौधरी (आदिवासी जनजाती), चन्दन कुमार सिंह (मधेसी) र वसन्तकुमार कुशवाहा (मधेसी) को नाम पनि टुंग्याइएको छ ।

content left

बन्दसूचीमा क्लस्टर अनुसार नै नाम टुङ्गो लागेकाले विवाद नरहेको र आजै निर्वाचन आयोगमा पठाइने उनले बताए ।

बैठकले सरकारमा जाने पनि निर्णय गरेको छ । पार्टी संसदीय दलको विधान अनुमोदन गर्दै सरकारमा जाने निर्णय भएको सिरहा २ (१) बाट निर्वाचित सांसद समेत रहेका सचिव यादवले बताए ।

उनले भने, ‘कुन गठबन्धनको सरकारमा जाने विषयमा निर्णय भएको छैन । यो निर्णयका लागि पार्टी अध्यक्षले जिम्मेवारी पाउनुहुन्छ । आज ( शुक्रबार ) बस्ने बैठकले थप निर्णय गर्छ ।’

पहिलो पटक आम निर्वाचनमा सहभागी भएको जनमत पार्टीले मधेस प्रदेशमा ६ र लुम्बिनी प्रदेशमा १ प्रदेशसभा सदस्य र सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा पार्टी अध्यक्ष डा. सीके राउत स्वयं निर्वाचित भएका छन् ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily