Aadarsh-Daily

नेपाल पत्रकार महासंघ पर्साको २५ औँ साधारण आज सभा सम्पन्न ।

ad-4p

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्साको २५ औँ साधारण सभा सम्पन्न भएको छ । महासंघका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा महासंघकै सभा कक्षमा साधारण सभा सम्पन्न भएको हो ।

content ad p2
content left

साधारण सभालाई नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पूर्व अध्यक्ष अशोक तिवारी, पूर्व मध्यमाञ्चल संयोजक महेश दास लगायतले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा वक्ताहरुले पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विभिन्न चुतौतीहरु थपिएको हुँदा प्रविधिको प्रयोग गर्दै पेशालाई प्रविधिमैत्री बनाउनुपर्ने वक्ताहरुको भनाई छ । पत्रकारको पेशागत हकहित एवम् संरक्षणका लागि महासंघ सँधै अग्रसर हुने शाखा अध्यक्ष तिवारीले बताए ।

आफ्नो कार्यकालमा थुप्रै निर्माणका कामहरु भएको बताउँदै उनले आगामी दिनमा पनि पत्रकारको हकहितका लागि निरन्तर आवाज उठाउने बताए । महासंघका उपाध्यक्ष युवराज खड्काले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण महासंघका सचिव भुषण यादवले गरेका थिए ।यसैबिच आजै सम्पन्न बन्द सत्रमा सचिव भुषण यादवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष संजिव मिश्रले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदन छलफल पछि सर्वसहमतिले पारित भएको अध्यक्ष तिवारीले जानकारी दिए ।

 

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily