Aadarsh-Daily

सांसदको लोगो बनाउन १६ लाख खर्च

ad-4p
content left

वीरगञ्ज, ४ पुष ।  सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । त्यसको लागि धेरै तयारी लगभग पूरा भइसकेको संसद सचिवालयले जनाएको छ । सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ ।

content ad p2

लोगो तयार भइसकेको छ । संघीय संसद सचिवालयले २ सय ७५ जना सांसदको लागि लोगो बनाएको हो । सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब ५ हजार आठ सयको लागतमा तयार भएको हो ।
हिसाब गर्दा २ सय ७५ वटा सांसदको लोगो बनाउन १५ लाख ९५ हजार रुपैयाँ परेको देखिएको छ । सचिवालयले केहि थान लोगो बढी नै छाप्ने भएकाले १६ लाख रुपैयाँ भन्दा धेरै खर्च भएको अनुमान छ ।

 

सम्बन्धित खबर

कार्की आयोगको प्रतिवेदन लुकाएको आरोप: माइतीघरमा युवाहरूको कडा प्रदर्शन

Aadarsh Daily

वीरगन्जबाट काठमाडौं लैजाँदै गरिएको ५२ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित दुई जना प्रहरीको फन्दामा

Aadarsh Daily

सर्वोच्चले दिएन अन्तरिम आदेश: धनुषा–१ मा मातृका यादव विजयी मान्य

Aadarsh Daily