Aadarsh-Daily

आज राम र जानकीको मटकोर, भोली विवाह

ad-4p

जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर विधि मनाइँदै छ । आज धार्मिक तथा ऐतिहासिक गंगासागरमा राम र जानकीको मटकोर गरिँदैछ । आज दिउँसो १ बजे जानकी मन्दिरबाट गाजागाजा सहित पुगेर गंगासागरमा भव्य रुपमा राम र जानकीको मटकोर गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दासले बताए ।

content ad p2
content left

मिथिलाको परम्परा अनुसार राम र जानकीको मटकोर विधि गरिन्छ । मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विध गर्ने गरिन्छ । त्यहाँ उपस्थित संयौ नरनारीले मटकोर गीत गाउने गर्छन् । मटकोटर सकिएपछि भोली आईतबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सयोम्बर र विवाहको काज हुने छ ।

मंसिर २६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फुलबारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ । आज पाँचौदिन मटकोर भएपछि भोली छैठो दिन आइतबार राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily