Aadarsh-Daily

मुलुक भरको मौसम पछिल्लो समय चिसो हुदै

ad-4p

वीरगंज । पश्चिमी वायुको प्रभावका कारण मुलुक भरको मौसम पछिल्लो समय चिसो हुदै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागमा आंशिक बदली रहने छ ।

content ad p2
content left

तराईका केहि स्थानमा विहानैदेखि हुस्सु र कुहिरो लागेको छ । दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहनेछ । गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।तराईमा लागेको हुस्सु र कुहिरो मध्यान्हपछि भने क्रमिक रूपमा खुल्दै जानेछ ।

जसको प्रभावले तराईको जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । काठमाडौं उपत्यकाको विहान ६ बजेको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकाको अधिकतम तापक्रम १८ डिग्रीसम्म पुग्ने अनुमान छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily