Aadarsh-Daily

‘तपाईँ र तपाईँको परिवार माथि प्रश्न उठ्ने बित्तिकै गणतन्त्र माथि हमला भयो- मा.अमरेशकुमार सिंह

ad-4p

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्गलवार दिएको ‘गणतन्त्रमाथिको हमला’लाई लिएर सामाजिक सञ्जालमा तिखो व्यङ्ग गरेका छन्।

content ad p2

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेलको विषयमा बोल्दै प्रधानमन्त्री दाहालले यो विषयमा आफ्नो  परिवारका सदस्यलाई छोएको भन्दै समग्रमा यो  गणतन्त्र माथिको हमला भन्ने भावको अभिव्यक्ति दिएका थिए।

content left

‘तपाईँ र तपाईँको परिवार माथि प्रश्न उठ्ने बित्तिकै गणतन्त्र माथि हमला भयो भन्नुहुन्छ? सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘के गणतन्त्र तपाईँको परिवारले ल्याएको हो? के तपाईँको परिवारकै लागि गणतन्त्र आएको हो?’

उनले प्रधानमन्त्रीलाई व्यापारीसँग मात्रै उठबस गर्ने कि जनतासँग पनि उठबस गर्ने भन्दै प्रश्न तेर्साएका छन्। प्रधानमन्त्री दाहालले सुशासन समितिमा संलग्न रहेका व्यापारी सतीशलाल आचार्यसँग आफ्नो चिनजान रहेको स्वीकारेका छन्।

उनले आचार्यसँग आफ्नो मात्रै नभई, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि चिनजान रहेको बताएका हुन्। उनले आफू आचार्यको सिंगापुरस्थित घरमा दुई दिन बसेको पनि स्वीकारेका छन्। सांसद जिज्ञासामा दाहालले एनसेलको ८० प्रतिशत सेयर खरिदकर्ता आर्चायसँग आफ्नो राम्रो परिचय भएको बताएका हुन्।

उनको यही भनाइमा आधारित भएर सिंहले प्रश्न उठाएका हुन्। ‘प्रधानमन्त्री ले सजिलै भन्नुभयो सतिशलाल आचार्यसँग मेरो लगायत शीर्ष नेताहरू को चिनजान छ, उठबस छ, सङगत छ तर शेयर किनबेच बारे थाहा थिएन,’ अमेरश लेख्छन्, ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, किन व्यापारीसँग उठबस मात्रै? कहिले जाजरकोट रोल्पा हुम्ला का जनतासँग उठबस गर्नुभएको छ? कहिल्यै जनताको पीडा बुझ्न हुम्ला,जुम्ला,कालिकोट जानुभएको छ?’

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily