Aadarsh-Daily

बारा प्रहरीद्वारा ३६ किलो लागुऔषध गाँजासहित भारतीय नम्बरको स्कारपियो पक्राउ

ad-4p

वीरगञ्ज । बारा प्रहरीले ३६ किलो लागुऔषध गाँजासहित एउटा भारतीय नम्बरको स्कारपियो बरामद गरेको छ ।

content ad p2
content left

बाराको जीतपुर सिमरा पथलैयाबाट सर्भिस लाइनमा पार्किङ गरी राखेको बेवारिसे स्कारपियोको जाँच गर्दा प्रहरीले उक्त परिमाणमा लागुऔषध गाँजा बरामद गरेको हो ।

पथलैया सडकखण्डबाट प्रहरीले डिएल ४ एनबी ३६८१ नम्बरको भारतीय स्कारपियोको पछाडिको भागमा बक्समा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको हो ।

बरामद गरिएको गाँजासहित स्कारपियोमाथि थप अनुसन्धान सुरु गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए । गाँजा र स्कारपियो अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणा रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily