Aadarsh-Daily

टीकापुरको मेडिकलमा प्रहरीको छापा

ad-4p

कैलाली । कैलालीको टीकापुर नगरपालिका-१ मा अवैध रूपमा सञ्चालित एक मेडिकलमा प्रहरीले छापा मारेको छ। टीकापुर–खक्रौला सडकखण्डमा रहेको न्यू आलोक ट्रेडर्सको भित्रपट्टी अवैध रूपमा सञ्चालित मेडिकलमा प्रहरीले छापा हानेको हो।

content ad p2
content left

नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले स्थानीय ४७ वर्षीय दुर्गाप्रसाद कुश्मीले सञ्चालन गरेको मेडिकलमा छापा हानेको हो। मेडिकलको बाहिर न्यू आलोक ट्रेडर्सका नाममा मदिरा तथा किराना पसल सञ्चालनमा छन्। मेडिकल दर्ता नभएको प्रहरीको दाबी छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी विश्वराज अधिकारीले अवैध रूपमा सञ्चालनमा आएको मेडिकलमा प्रदेश प्रहरीको टोलीले छापा हानेको बताउँदै थप अनुसन्धान भइरहेको बताए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily