Aadarsh-Daily

बारामा मोटरसाइकल दुर्घटनामा वडाध्यक्षका छोरासहित दुई जनाको मृत्यु

ad-4p
content left

बारामा मोटरसाइकल दुर्घटना हुदाँ कलैयाका दुई युवकको मृत्यु भएको छ । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुरका २३ वर्षीय कुन्दन मेहता र कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरका २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । कुन्दन वडाध्यक्ष राजेश मेहताका छोरा हुन् ।

content ad p2

कलैयाबाट वीरगन्जतर्फ आँउदै गरेको मधेस प्रदेश ०३–०३० प ४३९८ नम्बरको मोटरसाइकल शुक्रबार रासत करिब १२ बजे पुलमा ठोक्किएर दुर्घटना भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार कुन्दनको एलएस न्युरो अस्पतालमा र अभिमनुको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily