
बारा । बाराको दोस्रो ठूलो पञ्चवर्षीय श्री काटंवासी माई पुजा एवम् मेलामा दान पेटिमा ८६ हजार ९२७ रुपैयाँ भेटि संकलन भएको छ । बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा प्रत्येक पाँच वर्षमा लाग्ने ठुलो मेला यस वर्ष ११ लाख भन्दा धेरै श्रद्धालु आएका थिए।

उक्त मेलामा भेटि चढाउन ठाउँ ठाउँमा ५ वटा दान पेटि राखिएको थियो।मेलामा भारत र नेपालभरबाट आएका श्रद्धालुले उक्त भेटि चढाएका हुन् । शनिबार सबै दान पेटि संकलन गरेर नजिकको विद्यालयमा गणना गरिएको पुजा एवम् मेला समिति तथा वडा नं ७ का वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंहले बताए ।
समितिले पहिलो दान पेटिबाट ४८ हजार ८७३ रुपैयाँ ४० पैसा, दोस्रो पेटिबाट १९ हजार ४२५ रुपैयाँ ८० पैसा, तेस्रो पेटिबाट ५ हजार ६३६ रुपैयाँ २० पैसा, चौथो पेटिबाट ५ हजार ७४ रुपैयाँ र पाचौं पेटिबाट ७ हजार ९१७ रुपैयाँ २० पैसा संकलन गरेको हो । दानमा संकलन भएको रुपैयाँ कहाँ राख्ने, भन्ने समितिबिच छलफल गरेर बताउने अध्यक्ष सिंहले बताए ।

