Aadarsh-Daily

टिकटकमाथि प्रतिबन्ध, मारमा साना व्यवसायी

ad-4p

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ । एक महिना अघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन् ।

content ad p2
content left

डिजिटल मार्केटिङका लागि गुगल, फेसबुक, इन्स्टाग्राम एक्स र भाइबरजस्ता माध्यमलाई उछिन्दै टिकटक अगाडि आएको थियो । टिकटक एकसाथ धेरै प्रयोगकर्तामाझ पुग्ने भएकाले हरेक उमेर समूहका प्रयोगकर्ता सहज रूपमा यसमा आबद्ध थिए । चलचित्र निर्माता तथा हास्य कलाकार दीपकराज गिरी नेपाली समाजमा टिकटक रमाइलोसँगसँगै जानकारी लिने प्लेटफर्म बन्दै गएको स्मरण गर्छन् ।

गीतमा लिपसिंक गर्दै बनाइने टिकटक भिडियो नेपाली फिल्मको व्यापार बढाउने माध्यम बनिसकेका थियो,’ उनले भने, ‘बिना पैसा धेरैभन्दा धेरै मानिससम्म पुग्ने माध्यम टिकटक सही ढङ्गमा प्रयोग गर्न सके फलदायी हुन्छ । यसको माध्यमबाट व्यापार पनि फस्टाउँदै गएको थियो । तर सरकारले यसको आवश्यकता महसुस गर्न सकेन ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily