Aadarsh-Daily

राष्ट्रिय स्वतन्त्र पार्टी का रवि लामिछाने सहित पार्टीका अन्य सांसद्हरु तीन दिने पैदल यात्रामा निस्कने

ad-4p

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित पार्टीका अन्य सांसद्हरु तीन दिने पैदल यात्रामा निस्कने भएका छन्।

content ad p2

नारायणगढदेखि बुटवलसम्म तीन दिनमा ११३ किलोमिटर दूरी पार गर्ने लक्ष्य सहित आफूहरू पैदल यात्रामा निस्कन लागेको सभापति लामिछाने आइतबार सामाजिक संजाल मार्फत जानकारी दिए।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको ढिलाइबारे सरकारको ध्यानाकर्षण गराउन आफूहरू पैदल यात्रामा निस्कन लागेको उनले बताए। यात्रा भोली सोमबार बिहान ९ बजे गौंडाकोट पुल्चोकबाट सुरु हुनेछ।

content left

सभापति रवि लामिछाने सामाजिक संजालमा लेखेका छन् ‘यात्राको उद्देश्य सांकेतिक रुपमा सरकारको ध्यानाकर्षण गराउनु हो’

सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्बका कारण यात्राको क्रममा नागरिकले खेप्नु परेको उनले बताए।

यात्रामा सभापति लामिछाने सहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेतागण र सांसदहरू सहभागी हुनेछन्।

उनले लेखेका छन् ‘यात्रा क्रममा सडकको दायाँबायाँ बस्ती छिरेर वा निश्चित ठाउँमा भेला भएर स्थानीयसँग अन्तरक्रिया गर्ने चाहना थियो। उहाँहरूका समस्या सुन्ने र सुझाव ग्रहण गर्ने इच्छा थियो। तर, यात्राको दिन लम्बिने भएकाले यस पटक त्यसका लागि समय छुट्टाउन असमर्थ भएको छु। यात्राको बिच-बिचमा स्वागत वा अन्य कार्यक्रम नराख्न पनि अनुरोध गर्दछु।’

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily