Aadarsh-Daily

पर्साका नयाँ सिडिओ भुषालले भने : जिल्लाको शान्ति सुरक्षामा कुनै कसर बाँकी राख्दिन

ad-4p

पर्सा । पर्सामा हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले पर्सा जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न आपूmले कुनै कसर बाँकी नराख्ने बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ भुषालले वीरगन्ज आर्थिक नगरी भएकोले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै उद्योग, व्यापारको विकास र प्रबद्र्धनका क्षेत्रमा आफ्नो सक्रिय भूमिका रहने बताए। तीसबै क्षेत्रलाई मध्यनजर गरी शान्ति सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धतापनि उनले जनाए ।

content ad p2
content left

पर्सा जिल्लामा रहेका सरकारी कार्यालय र तीनका सेवाहरु अझ सहज र प्रभावकारी बनाउने, सुशासनको अनुभूती दिलाउने र सिमावर्र्ती लगायतका क्षेत्रमा गैरकानूनी आर्थिक क्रियाकलापको नियन्त्रण गर्ने उनले बताए। उक्त कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले वीरगन्ज लगायत क्षेत्रमा कायम रहेको शान्ति सु–व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सिमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्ने बताउँदै वीरगन्जमा सिसिटिभी परियोजनाको लागि बजेट विनियोजनका लागि प्रजिअ भूसालसँग आग्रह गरे ।

कार्यक्रममा ुंघका निवर्तमान अध्यक्ष डाक्टर सुबोधकुमार गुप्ताले संघको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावनाका साथै नीजी क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रजिअ भुषललाई जानकारी गराए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्षद्वय माधव राजपाल र मनोजकुमार दास, पूर्वअध्यक्ष अशोककुमार वैद्य, महासचिव आशीषकुमार लाठ, सचिवद्वय प्रेमचन्द्र गोयल र सुशान्त चाचान लगायतकोपनि सहभागीता थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily