Aadarsh-Daily

दिल्लीको प्रतियोगितामा वीरगन्जबाट सहभागी हुने खेलाडीहरुलाई सितोरियो कराँते संघले गर्यो विदाई

ad-4p

वीरगन्ज । भारतको दिल्लीमा हुन लागेको दिल्ली साउथ एसियन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीहरुलाई नेपाल सितोरियो कराते संघ पर्साले एक कार्यक्रमकाबीच विदाई गरेको छ ।

content ad p2
content left

दिल्लीको प्रतियोगितामा भाग लिन वीरगन्जबाट ९ जनाको टोली दिल्लीका लागि प्रस्थान गर्नुअघि उनिहरुलाई मंगलबार एक कार्यक्रम गरी विदाई गरिएको नेपाल सितोरियो कराते संघ पर्साका उपाध्यक्ष सुवाष श्रेष्ठले जानकारी दिए ।खेलाडीहरुलाई फुल माला लगाएर विदाई गरिएको उनले बताए ।

विदाई कार्यक्रममा संघका अध्यक्ष सन्तोष सर्राफ र उपाध्यक्ष सुवास श्रेष्ठले खेलाडीलाई देशको नाम राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुलाइ शुभकामना दिए । विदाई कार्यक्रममा संघका सचिव उदय नारायण, सह–सचीव प्रेम गुरुङ,कोषाध्यक्ष राकेश श्रेष्ठ, प्रशिक्षक विकास साह, प्रशिक्षक नसिम अहमद,प्रशिक्षक राजु सर्राफ लगायतको सहभागिता थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily