Aadarsh-Daily

बालुवा लोड भएका पाँचवटा ट्याक्टर पर्सा प्रहरीको नियन्त्रणमा

ad-4p

पर्सा । बालुवा लोड भएका पाँचवटा ट्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सागढी नगरपालिका– ३ स्थित भेडहा खोला नजिकबाट बिहीबार बिहान ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले बालुवा लोड भएको पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

content ad p2
content left

पर्सागढी नगरपालिमा अवैधरुपमा बालुवा उत्खनन् गरी लोड गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीको निर्देशनमा खटिएको टोलीले सो पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको बताइएको छ ।

पर्सागढी नगरपालिका– ३ स्थित भेडाहा खोलाबाट उत्खनन् भइराखेको गोप्य सूचनाको अधारमा प्रहरी चौकी मिलन चोक पर्साबाट खटिएको टोलीले बालुवा लोड भइरहेको अवस्थामा ना ७ त १२९६ ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, प्र २०३ ००१ त ४७४७ नम्बरका पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो बालुवा लोड भएका ती ट्याक्टर प्रहरी चौकी मिलन चोकमा राखिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily