Aadarsh-Daily

पर्सामा लैंगिक हिंसा र जातिय विभेद राेक्न मेराे प्राथमिकतामा रहन्छ : सिडिओ भुषाल

ad-4p

पर्सा । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले लैंगिक हिंसा एवं जातिय विभेदजन्य घटना राेक्न आफ्नो प्राथमिकतामा रहने बताएका छन्।गाेरखाबाट सरुवा भई हालै पर्सामा आएका प्रजिअ भुषालले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयाेजित समन्वयात्मक एंव परिचयात्मक कार्यक्रममा यस्ताे बताएका हुन्।पर्साका सरकारी कार्यालयहरुमा प्लास्टिक जन्य सामग्रीको प्रयोेगलाई निरुत्साहित गर्न आफुले पहल गर्नेपनि उनले बताए । प्रजिअ भुषालले सार्वजनिक सरोकारका मुद्दामा कलम चलाएर सामाजिक परिवर्तनका लागि सहयोग गर्न पर्साका सञ्चारकर्मीलाई अनुराेधपनि गरे ।

content ad p2
content left

जिल्लामा शान्ति सुरक्षाको मामिलामा कसैसँग कुनै सम्झौता नगर्ने अडान लिदैं उनले भने, ‘शान्ति सुरक्षाको मामिलामा कसैसँग कुनै सम्झौता हुँदैन । कानुन कार्यन्वयनका लागि हामी जोड दिन्छौ, साथै खुला सीमा क्षेत्र केही चुनौतीपूर्ण भएपनि सुरक्षा निकायसँगको प्रभावकारी समन्वयमा काम हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’सामुहिक प्रयासबाट मात्रै सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने दाबी गर्दै भुषालले सामाजिक लाभको वितरणका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।पर्सा जिल्ला पहिलेको तुलनामा धेरै परिवर्तन भएको उनले बताए।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले कार्यालय समयमै सेवा प्रवाह भइरहेको दाबी गरे । भर्खरै नयाँ भवनमा स्थानान्तरण भएको हुँदा आन्तरिक व्यवस्थापनमा केही समस्या भएको स्विकार गर्दै लम्सालले व्यवस्थापनको काम भइरहेको बताए । मीटर ब्याजीको समस्यादेखि अन्य मुद्दा मामिलामा दुवै पक्षलाई छलफलमा झिकाएर पिडितलाई न्याय दिलाउने काम भइरहेको लम्सालको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, यात्रा डेली प्रा.ली.का प्रबन्ध निर्देशक राम सर्राफ, गोर्खापत्रका कन्हैयालाल केशरी, नेपाल पत्रकार महासंघ पर्साका सदस्य तिवारी यादव लगायतकोपनि सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily