Aadarsh-Daily

नेकपा एमाले निकटका प्रेस चौतारी नेपाल पर्साको अध्यक्षमा तुलसी भण्डारी सर्वसम्मत चयन

ad-4p

वीरगञ्ज । नेकपा एमाले निकटका पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपाल पर्साको अध्यक्षमा तुलसी भण्डारी (विजय) सर्वसम्मत चयन भएका छन् ।

content ad p2
content left

वीरगञ्जमा शुक्रवार सम्पन्न प्रेस चौतारी पर्सा शाखाको विशेष अधिवेशनले भण्डारीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा चयन भएका भण्डारी राजधानी दैनिकमा कार्यरत छन् ।

यसै गरी अधिवेशनबाट प्रेस चौतारी पर्साको उपाध्यक्षमा राजेन्द्र सिंह, उपाध्यक्ष (महिला) मा निलम पन्त, सचिवमा राजेश कुमार साह र कोषाध्यक्षमा सन्तोष पटेल पनि सर्वसम्मत चयन भएका छन् ।

यसै गरी सदस्यमा राजन रौनियार, राजन बानियाँ, रञ्जन सिंह, राजु साह, पन्नालाल साह लगायत चयन भएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily