Aadarsh-Daily

 प्रचण्डलाई विश्वासको मत दिने कि नदिने सस्पेन्समै रहोस् : माधव नेपाल

ad-4p

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताएका छन् ।

content ad p2

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । बुधबार युवा संघ नेपालको कार्यक्रममा अध्यक्ष नेपालले अहिले नै सरकारबारे बोल्न हतार नभएको बताए ।

content left

‘हामी अगाडि सरेर बोल्न के हतार ? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यही दिन निर्णय लिए पुगेन ?’ उनले भने, ‘त्यतिन्जेल सस्पेन्समै रहोस् ।’

उनले अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको बताए । ‘पोलिटिकल सिनारियो क्लियर हुनुपर्‍यो नि, सरकारले कस्तो नीति लिन्छ भन्ने हेर्नै पाएको छैन’ उनले भने, ‘प्रचण्डजीको अनुहार हेरेर समर्थन गरिदिने भनिदिउँला, तर अनुहारले मात्र हुँदैन, त्यहाँ अनेक छन् के के गर्छन् थाहा छैन ।’

सरकारमा संलग्न दलहरुले सरकार बनाउँदा र नीति तथा कार्यक्रम बनाउँदा नसोधेको भन्दै सरकारमा जान हतार गर्न नहुने अध्यक्ष नेपालले बताए ।

 

सम्बन्धित खबर

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily

लिलामका सामान सस्तोमा दिलाउने भन्दै ठगी : वीरगंजबाट प्रवीण पक्राउ

Aadarsh Daily