Aadarsh-Daily

प्रधानमन्त्री प्रचण्डलाई २६८ सांसदले दिए विश्वासको मत, २ जना मात्रै विपक्षी

ad-4p

वीरगञ्ज, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २ सय ६८ सांसदले विश्वासको मत दिएका छन् । मंगलबार प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो ।

content ad p2
content left

मतदानमा २७० सांसद उपस्थित थिए । दाहालको पक्षमा २ सय ६८ मत परेको छ भने २ मत मात्रै विपक्षमा परेको छ ।

प्रधानमन्त्री दाहाललाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समर्थन गरेर हस्ताक्षर राष्ट्रपतिलाई बुझाएका दिए ।
त्यसबाहेक दाहाललाई प्रधानमन्त्रीमा समर्थन नगरेको दल कांग्रेसले पनि विश्वासको मत दिएको छ । दाहाललाई विश्वासको मत दिने/नदिने विषयमा कांग्रेसभित्र पादाधिकारीबीच मत बाझिएको थियो । तर, पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले विश्वासको मत दिने निर्णय गरेको थियो ।

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर पार्टीले दाहाललाई विश्वासको मत नदिने घोषणा गरेका थिए ।

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily