Aadarsh-Daily

पर्सामा ट्याक्टरले किच्दा एक युवकको मृत्यु

ad-4p

वीरगन्ज,१४माघ : पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ स्थित हुलाकी सडकमा ट्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ चिलझप्टी घर भएका २४ वर्षीय विजय मुखिया बिन रहेका छन् ।

content ad p2
content left

जिराभवानी गाँउपालिका वडा नम्बर १ स्थित हुलाकी सडकखण्डमा शुक्रबार बेलुकी ना ३ त २२८७ नम्बरको ट्याक्टरबाट खसेका बिनलाई त्यहि ट्याक्टरले किचेको थियो । गम्भिर घाइते भएका बिनलाई उपचारका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा ल्याइएकोमा त्यहि उपचारका क्रममा उनको शुक्रबार राति मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

प्रहरीले उक्त ट्याक्टर सहित त्यसका चालक जिराभवानी गाउँपालिकाकै भोला यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बुढाथोकीले जानकारी दिए ।

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily