Aadarsh-Daily

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

ad-4p

वीरगञ्ज, १५  माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ ।

content ad p2
content left

आइतबार धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय समिति बैठकले पुनस् आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए । गृह नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए । तर, आइतबार नागरिकता पुनः प्राप्त गरेसँगै लामिछानेलाई रास्वपाले फेरि पार्टी सभापति पदमा चयन गरिसकेको छ ।
लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिए पनि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने उक्त विषयमा असहमत देखिएको छ ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily