Aadarsh-Daily

माइस्थान सडकलाई लिएर परेको मुद्धामा महानगरको पक्षमा अदालतको आदेश

ad-4p

वीरगञ्ज, १८ माघ । वीरगञ्जको माइस्थान मन्दिर अगाडीको बाटोका बारेमा परेको रिटमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले महानगरपालिकाको पक्षमा आदेश दिएको छ ।

content ad p2

न्यायाधिसद्वय अच्यूतप्राद भण्डारी र सुदर्शनदेव भण्डको इजलासले माइस्थान मन्दिर अघिको बाटो खुलाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

content left

महानगरले मन्दिर क्षेत्रमा गरेको सौन्दर्यकरणको विरोध गर्दै रेवती प्रसाद साहले वीरगञ्ज महानगरपालिकालाई बिपक्षी बनाएर दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
साहले गएको माघ १० गते निषेधाज्ञा आदेशको माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । दुबै पक्षको बहस पछि मंगलबार अदालतले महानगरको पक्षमा आदेश दिएको हो ।

वीरगञ्ज महानगरपालिकाले माइस्थान मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सौन्दर्यकरणको काम गरिरहेको छ । महानगरले मन्दिर अगाडीको सडक तथा दायाँबायाँ सडकमा पेभर्स लगाउने काम सकाएको छ भने विद्युतीकरण र गार्डेनिङको काम अघि बढाउन लागेको छ ।

नगर सौन्दर्यको विरोध गर्नेहरुले काम हुन नदिन षड्यन्त्र गरे पनि अदालतले महानगरको पक्षमा आदेश दिएसँगै उनीहरुको षड्यन्त्र तुहिएको महानगर प्रमुख राजेशमान सिंह बताउँछन् ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily