Aadarsh-Daily

संघीय सांसदलाई शीतल निवासमा राष्ट्रपति भण्डारीको निम्तो

ad-4p

वीरगञ्ज, २८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय सांसदहरुलाई शीतल निवासमा बोलाएकी छन्।

content ad p2

संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गरेको भोलिपल्ट दिउँसो ३ बजे सांसदहरूलाई शीतल निवासमा निम्तो दिएकी हुन्।

content left

प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले सांसदहरूलाई बोलाएको राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्।

आफ्नो ७ वर्षे कार्यकाल सकेर बिदा हुने क्रममा रहेकी राष्ट्रपति भण्डारीको सांसदहरुसँग विदाइ भेटसमेत रहेको बताइएको छ।

भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिको चुनाव फागुन २५ गते तोकिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily